काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा राहुल अग्रवाल चयन भएका छन् । भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न २३औं साधारण सभाले अग्रवाललाई बैंक सञ्चालक समितिको अध्यक्षमा चयन गरेको हो ।
संस्थापक सेयरधनी समूहबाट राहुल अग्रवाल, दिनेश शंकर पालिखे र वीरेन्द्रकुमार शाह चयन बैंक सञ्चालक समितिमा भएका छन् ।
सर्वसाधारण सेयरधनी समूहबाट अंकित केडिया (प्रतिनिधि) लेभरेज होल्डिङ्ग्स प्रालि र भोजन अर्याल (प्रतिनिधि) रिनुवल इन्भेस्टमेन्ट प्रालि) सञ्चालक समितिमा चयन भएको बैंकले जनाएको छ ।
बैंक सञ्चालक समिति अध्यक्ष मनोज केडियाको अध्यक्षतामा पुस २८ मा सम्पन्न साधारण सभाले बैंकको चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १८५ रुपैयाँको ४ प्रतिशतका दरले हुने ५६ करोड ३५ लाख ९९ हजार २०८ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

