काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएर निवास फर्किएका छन् ।
स्वास्थ्यमा समस्या आएपछि शनिबार अस्पताल भर्ना भएका उनी आइतबार नै सामान्य स्वास्थ्य जाँच पछि डिस्चार्ज भएका हुन् ।
राष्ट्रपति पौडेललाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले आइतबार डिस्चार्ज गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
शनिबार जेनजी प्रतिनिधिलाई वार्ताका लागि बोलाएका राष्ट्रपति पौडेल स्वास्थ्य अवस्थामा समस्या आएपछि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।
जेन-जी प्रतिनिधिसँग राष्ट्रपतिले भोलि सोमबार दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शितलनिवासमा छलफल गर्ने उनकाे सचिवालयले जनाएको छ।

