काठमाडौं । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा एक कार्गो विमान रनवेबाट चिप्लिएर समुद्रमा खसेको छ । विमान दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
बीबीसीका अनुसार उनीहरु जमिनमा काम गर्ने कर्मचारी थिए ।विमान उनीहरू सवार सवारी साधनमा ठोक्किँदा समुद्रमा खसेको थियो । विमान पनि चिप्लिएर समुद्रमा खसेको समाचार छ ।
विमानमा सवार चालक दलका चार सदस्यहरूको जीवितै उद्धार गरिएको छ । उनीहरूलाई अस्पताल लगिएको छ । स्थानीय समयानुसार आज बिहान ३ बजेर ४० मिनेट जाँदा दुर्घटना भएको हो ।
एमिरेट्सको फ्लाइट ईके ९७८८ दुबईबाट हङकङ जाँदै थियो । विमान टर्कीको कार्गो एयरलाइन एयर एसीटीको बोइङ ७४७–४८१ विमान हो ।

