काठमाडौं — अन्नपूर्ण बेसक्याम्प क्षेत्रमा गएरातिदेखि बाक्लो हिमपात भइरहेको छ। अन्नपूर्ण गाउँपालिका–११ मा अवस्थित चार हजार १३० मिटर उचाइको बेसक्याम्पमा आन्तरिक तथा बाह्य पर्यटकहरू हिउँमा रमाइरहेका छन्।
हिमपातसँगै चिसो बढेकाले स्थानीय जनजीवन प्रभावित भएको छ। तर बालीनाली सप्रिने भएकाले गाउँलेहरू भने खुसी समेत छन्।
जल तथा मौसम विज्ञान विभागले अरब सागरमा विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण आज र भोलि देशका विभिन्न भूभागमा वर्षा र हिमपात हुने सम्भावना रहेको बताईसकेको छ।

वर्षा र हिमपातले जनजीवन प्रभावित हुने हुँदा पदमार्गमा यात्रा गर्ने लगायत कार्यमा सतर्क रहन समेत आह्वान गरेको छ ।

