काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज पनि अमेरिकी डलर र बहराइन दिनारको विनिमयदर स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्ड स्ट्रलिङ, कुवेती दिनारसहित अधिकांश विदेशी मुद्राको मूल्य बढेको छ।
आज अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। विगत तीन दिनदेखि अमेरिकी डलरको विनिमयदर यही स्तरमा कायम छ।
त्यसैगरी आज युरो १ को खरिददर १७४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७२ पैसा रहेको छ। हिजो युरो १ को खरिददर १७३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ३६ पैसा थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०० रुपैयाँ ६५ पैसा र बिक्रीदर २०१ रुपैयाँ ४७ पैसा तोकिएको छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०० रुपैयाँ ३२ पैसा र बिक्रीदर २०१ रुपैयाँ १४ पैसा थियो।
यसैगरी आज अस्ट्रेलियन डलर १ को खरिददर १०१ रुपैयाँ ५४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९६ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०१ रुपैयाँ २४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ६५ पैसा थियो।
कुवेती दिनार १ को आजको खरिददर ४८१ रुपैयाँ २७ पैसा र बिक्रीदर ४८३ रुपैयाँ २३ पैसा रहेको छ। हिजो कुवेती दिनार १ को खरिददर ४८० रुपैयाँ ९५ पैसा र बिक्रीदर ४८२ रुपैयाँ ९२ पैसा थियो।
बहराइन दिनार १ को खरिददर आज ३८९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३९० रुपैयाँ ९८ पैसा कायम छ। हिजो र अस्ती पनि बहराइन दिनारको विनिमयदर यही थियो।
राष्ट्र बैंकका अनुसार यो विनिमयदर आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन हुन सक्छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ।

