काठमाडौँ । काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (मंगलबार) बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ४.० डिग्री सेल्सियस मापन गरिएको छ।
हिजो (सोमबार) यही समयमा काठमाडौँको न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियस थियो। पछि बिहान ८:४५ बजे तापक्रम अझ घटेर ३.५ डिग्री सेल्सियस कायम भएको थियो।
महाशाखाका अनुसार आजको आधिकारिक न्यूनतम तापक्रम पनि बिहान ८:४५ बजे नै मापन गरिन्छ। सो समयमा सुरुवाती मापनभन्दा काठमाडौँको न्यूनतम तापक्रम थप घट्ने सम्भावना रहेको जनाइएको छ।

