माडि रेडियो साहिनो न्यूज,मिति २०८०।०९।१३गते चितवन सहायता कोष वेल्जियमको सहयोगमा माडिमा अवस्थित आधारभुत विद्यालयका छात्र,छात्राहरुलाई झोला सहित स्टेसनरी प्रदान गरिएको छ । राष्टिय आधारभुल विद्यालय दिवा नगर माडि का ६० जना विद्यार्थीहरुलाइ झोला सहित स्टेसनरी प्रदान गरिएको थियो । सो औपचारीक कार्यक्रममा सभापतित्व कुल प्रसाद आचार्यले आसन ग्रहण गर्नुभएको थियो ।प्रमुख अतिथि माडि नगरपालिका वडा सदस्य ढाकामेहन तिमिल्सीना हुनुहुन्थ्यो भने बिशिष्ट अतिथि चितवन सहायता कोष वेल्जियमका अध्यक्ष इश्वरी प्रसाद कंडेल हुनुहुन्थ्यो ।
विद्यालयका शिक्षक, अभिभावक तथा विद्याथीहरुको उपस्थितिमा सो स्टेसनरी सहित झोला वितरण कार्यक्रम राष्टिय आधारभुत विद्यालय दिवा नगर माडिमा सम्पन्न भयो ।सो कार्यक्रमको सहजीकरण सोहि विद्यालयका प्र.अ यम कुमार काफ्लेले गर्नुभएको थियो । वालकल्याण आधारभुत विद्यालय जगन्ननथपुरी माडिको विद्यालयमा अध्ययनरत २९ जना विद्याथीहरुलाई झोला सहित स्टेसनरी प्रदान गरिएको थियो ।स्टेसनरी तथा झोला विलरण कार्यक्रमको सभापतित्व विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गिरीधारी सुवेदीले गर्नुभएको थियो । प्रमुख अतिथिको भुमिकामा चितवन जिल्ला समन्वय समिति सदस्य वावुराम सुवेदीले गर्नुभएको थियो ।विशिष्ट अतिथिको आसन चितवन सहायता कोष वेल्जियमका अध्यक्ष इश्वरी प्रसाद कंडेल हुनुहन्थ्यो भने अतिथिहरुमा विद्यालयका शिक्षक तथा अभिभावकहरु रहनुभएको थियो । सो कार्यक्रमको सहजीकरण सोहि विद्यालयका प्र.अ केशव राज अधिकारीले गर्नुभएको थियो । त्यसै गरि दक्षिण कालिका आधारभुत विद्यालकका ३५ जना विद्यार्थीहरुलाइ झोला सहित स्टेसनरी प्रदान गरिएको थियो । झोला सहित स्टेसनरी वितरण कार्यक्रमको सभापतित्व विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष निलकण्ठ काफ्ले ले गर्नुभएको थियो ,प्रमुख अतिथिको आसन चितवन सहायता कोष वेल्जियमका अध्यक्ष इश्वरी प्रसाद कंडेल हुनुहन्थ्यो ।
कार्यक्रमको सहजीकरण विद्यालयको सहायक प्र.अ.शोभा सर्मा गौतमले गर्नुभएको थियो भने , स्टेसनरी समान तथा झोला भरतपुर देखि माडि सम्म पुर्याउन सहयोग गर्नुहुने भोजराज कंडेल,विष्णु कंडेल र राम कंडेल प्रति हार्दिक धन्यवाद । प्रमुख अतिथिको मन्तब्यमा चितवन सहायता कोष वेल्जियमका अध्यक्ष इश्वरी प्रसाद कंडेलले चितवन सहायता कोषले शिक्षा तथा स्वास्थ्यमा स्थापनाकाल देखि सहयोग गर्दै आएको तथा सहयोगमा निरन्तरता दिने भन्ने मन्तब्य दिनुभएको थियो ।