काठमाडौँ – नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंकलाई नेपालका बैंकहरु मध्ये सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैंकको रुपमा आइतबार सम्मानित गरेको छ । एक समारोहका बीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका प्रमुख कार्यकारी अधिकृत९सीईओ० किरणकुमार श्रेष्ठलाई अवार्ड प्रदान गर्दै सम्मानित गरेका हुन् ।
सो अवसरमा बैंकका सीईओ श्रेष्ठले बैंकले प्रविधिमा पर्याप्त लगानी गरेकाले यो उपलब्धि हासिल गर्न सफल भएको बताउँदै अब राष्ट्रिय वाणिज्य बैंक परम्परागत प्रणालीबाट डिजिटलाइजेशन तर्फ गएको धारणा राखे ।बैंकले अन्तरराष्ट्रिय स्तरको उन्नत बैंकिङ प्रविधिमा आधारित कोर बैंकिङ सफ्टवेयर भित्र्याउन आईटी इन्हेसन्मेन्ट रोडम्याप अन्तर्गत कार्य समेत गरिरहेको पनि उनले बताए । बैंकका हाल ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २८५ शाखा कार्यालय, २६९ एटीएम, ९९ वटा शाखा रहित बैंकिङ सेवा, ६९ वटा एक्स्टेन्सन काउण्टर, क्यूआर कोड सेवा, पीओएस सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आईपीएस सेवा सञ्चालनमा छन् ।
यसैगरी, सोही बैंकको स्मार्ट क्यूआर टेलर (बिना चेक रकम झिक्न सकिने), इन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाईल बैंकिङ (डिजिटल संसार) तथा बिना ईन्टरनेट चल्नने यूएसएसडी मोवाईल बैंकिङ सेवाहरु समेत सञ्चालनमा छन् ।

