काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहबाट करिव ४ हजार विद्यार्थी दीक्षित भएका छन् । ३ हजार ८४१ विद्यार्थी दीक्षित भएको विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयले विभिन्न विषयमा ग्य्राजुएट स्कूल अन्तर्गत विभिन्न तहको शैक्षिकोपाधि हासिल गरेका विद्यार्थीहरुलाई दीक्षित गर्ने जनाएको छ।
शुक्रबार विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन परिसर, कुइनेपानी सुर्खेतमा दीक्षान्त समारोह आयोजना गरिएको छ । प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षता तथा सिक्किम केन्द्रीय विश्वविद्यालयका संस्थापक उपकुलपति एवम् जवाहरलाल नेहरू विश्वविद्यालय भारतका प्राडा महेन्द्र पी. लामाको प्रमुख आतिथ्यतामा हुने विद्यालयले पत्रकार सम्मेलन मार्फत जनाएको हो ।
समारोहममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवम् उपकुलपति विद्या भट्टराईको उपस्थिति रहेनछ। दीक्षान्त समारोहमा विभिन्न तीन वर्षको ब्याचहरुबाट स्नातकोत्तर तहमा सर्वोत्कृष्ट भएका ३ जनाले कुलपति पदक, स्नातक तहमा सर्वोत्कृष्ट भएका ३ जनाले उपकुलपति पदक, सबै ग्य्राजुएट स्कुलहरुबाट स्नातकोत्तर तहका लागि डीन लिष्टमा परेका ११ जना र स्नातक तहबाट १८ जना विद्यार्थी गरी जम्मा ३५ जनाले प्रमाणपत्र सहित पदक पाउने छन्।

