जन्म दिने आमाप्रति अगाध प्रेम र श्रद्धा व्यक्त गर्ने मातृ औंशी परेको सन्दर्भमा एभरेस्ट भक्तपुर स्कुलमा जे .के. जी का विद्यार्थीहरुका आमाहरुको उपस्थितिमा मातृ औंशी भब्य र सभ्य रुपमा मनाइयो । यस कार्यक्रमको मूख्य उद्देश्य नानी र आमा बिचको सम्बन्ध अझ प्रगाढ हुनसकोस रहेको कुरा स्कुलका संस्थापक प्रिन्सिपल कमलादेवी अमात्य राजभण्डारीले बताउनुभयो । उहाँले आमाहरु माया ममताका खानी मात्र नभएर असल संस्कार सिकाउने पहिलो गुरु पनि हुन् भन्दै उपस्थित आमाहरुलाई आफ्ना नानीहरुलाई कसैसँग पनि तुलना नगरौं, आफ्नो नानीको आफ्नै क्षमता र तागत हुन्छ, त्यसलाई पहिचान गरौँ, आत्मनिर्भर बनाउन उमेर र शारीरिक सामर्थ अनुसार आफ्नो काम आफैं गर्ने वातावरण दिऔं, प्रेरित गरौँ र गर्न सिकाऔँ, नानीमा निहित असल गुण र व्यवहारको खुलेर प्रसंशा गरौँ, मोबाइल, टि.भि आदिको उचित समय सीमा भित्रमात्र प्रयोग गर्न दिऔं भने आग्रह समेत गर्नुभयो ।
यस स्कुलमा जे के जी अध्ययनरत विद्यार्थीहरुका आमाहरुले यस्ता संस्कारयुक्त कार्यक्रमहरुले नानीहरु र हामीहरुबिचको सम्बन्ध सुमधुर रहने र आमाहरुको दायित्वबोध समेत गराएको विचार व्यक्त गर्नुभयो। उक्त कार्यक्रममा नानीहरुले आफ्नी आमा प्रति भाव र स्नेहले भरिपूर्ण विचार व्यक्त गरी आमाहरुको मन जित्नु भएको थियो भने गीत, संगीत तथा विभिन्न मनोरन्जनात्मक कार्यक्रमले त्यसको गरिमा अझ बढाएको थियो। एभरेस्ट इङ्गलिस स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले आगन्तुक आमाहरुप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्नुभयो। विद्यालय व्यवस्थापनका समितिका अध्यक्ष रामगोपाल कर्माचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो।
Previous Articleअस्पतालका विरामीहरुलाई फलफूल वितरण
Next Article भूकम्पको एकदशक : सम्झना ताजा

