काठमाण्डौ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको तालिका सार्वजनिक गरेको छ। बोर्डले भदौ २८ र २९ गते मौका परीक्षाको मिति तोकेको हो ।
गत बैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’ प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले पूरक परीक्षाको अवसर दिएको हो ।
बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले सोमबार एक सूचना जारी गर्दै परीक्षा तालिका र आवेदन प्रक्रियाबारे जानकारी दिएको हो ।
सूचनाअनुसार परीक्षा २०८२ साल भदौ २८ र २९ गते सञ्चालन हुनेछ। परीक्षा बिहान ११:०० बजेदेखि दिउँसो २:०० बजेसम्म चल्ने सूचनामा छ।
यस्तोछबोर्डकोसूचना 

