काठमाण्डौ । माबिलुङ्ग इनर्जी लिमिटेडले साउन २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएकोछ । कम्पनीले सर्वसाधारणका लागि १२ लाख ४८ हजार ९०४ कित्ता आईपीओ निष्काशन गर्ने जनाएको छ ।
आइपिओको अंकित मूल्य १०० रुपैयाँ रहेको छ ।
कम्पनीले स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यसअघि नै आईपीओ निष्काशन गरेर बाँडफाँड गरिसकेको छ ।
नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९९८ प्रतिशत अर्थात १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्काशन गर्न कम्पनीले अनुमति पाएको छ ।
न्यूनतम् १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

