काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्ष बडादसैँको दशौं दिन विजया दशमीको अवसरमा सर्वसाधारणलाई टीका नलगाउने निर्णय गरेका छन् ।
राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काका अनुसार पछिल्लो परिस्थिति विचार गरेर सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम नराखिएको हो । विगतमा दशमीको दिन राष्ट्रपति कार्यालयमा आमनागरिकलाई टीका लगाउने प्रचलन थियो ।
यद्यपि राष्ट्रपति पौडेलले स्वयम् भने आज बिहान ११ः५३ बजे शुभ साइतमा पुरोहितद्वय अर्जुन अधिकारी र देवराज अर्यालबाट टीका ग्रहण गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा पारिवारिक स्तरमा टीका आदानप्रदान भएको कार्यालयले जनाएको छ ।

