काठमाडौं । जब सारा देश नयाँ वर्षको उल्लासमा रमाइरहेको छ, हजारौँ शिक्षक भने शिक्षाको भविष्य सुनिश्चित गर्न भन्दै सडकमा उत्रिएका छन् । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा शिक्षालाई व्यवस्थित कानुनी ढाँचामा ल्याउन माग गर्दै उनीहरूले नयाँ वर्ष २०८२ सडकमै मनाएका छन् ।
माइतीघर–बानेश्वर सडक खण्डमा भेला भएका शिक्षकहरूले आफूहरू लामो समयदेखि उपेक्षित महसुस गरिरहेको गुनासो गरे । शिक्षा ऐनको अभावमा नीति तथा सेवा–सुविधाको अनिश्चितता उनीहरूको प्रमुख चिन्ता हो ।
आफूहरू नयाँ वर्ष मनाउन चियापसलमा होइन, सडकमा रहेका शिक्षक महासङ्घ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए । उनले आफू विद्रोही नभएको, तर वर्षौँका आश्वासन र धोका खप्न नसक्ने बताएका छन् । नयाँ वर्षको पहिलो दिन पनि आफूहरू शिक्षा क्षेत्रको उन्नतिको लागि सडकमा रहेको सुवेदीले बताए ।
२०७९ सालको अन्तिम महिनादेखि जारी आन्दोलन सोमबार १३औँ दिनमा पुगेको छ । यसबिच सरकार र महासङ्घबिच संवाद भए पनि निष्कर्ष भने निकालेको छैन । सरकाले शिक्षकका मागका विषयमा गम्भीर नभएको आरोप सरकारलाई लाग्दै आएको छ ।
सरकारले शिक्षा ऐन आगामी संसद् अधिवेशनबाट ल्याउने वाचा गरिरहेको छ, तर शिक्षक विगतका अधुरो सम्झौता र अविश्वासले विश्वासमा रहेको छैन् । आन्दोलनरत शिक्षक र सरकारलाई यस पटक आफ्ना माग प्रति झुकाएरै जाने प्रतिज्ञा लिएका छन् ।
शिक्षकहरू भने कागजमा लेखिएको सहमति अब भरपर्दो छैन । हामी ऐन जारी भएको देख्न चाहन्छौँ भन्दै सडमा निरन्तर आन्दोलनका कार्यक्रमहरू गरिरहेका छन् ।

