काठमाडौं । महेन्द्ररत्न क्याम्पस, ताहाचलमा स्वतन्त्र विद्यार्थी युनियनकाे आयाेजनामा नव अागन्तुक विद्यार्थीलाई स्वागत गरिएको छ । सांस्कृतिक कार्यक्रमसहित नव आगन्तुक विद्यार्थीलाई स्वागत गरिएकाे हो।
कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियूका अध्यक्ष समिक बडालले अनेरास्ववियू नै मुलुककाे विद्यार्थीकाे पहरेदार भएकाे जनाए ।
कार्यक्रममा नयाँ अागन्तुक विद्यार्थीलाई कलम र रुद्राक्षको माला लगाएर स्वागत गरिएकाे थियो । क्याम्पस प्रमुख गेहेन्द्रप्रसाद दाहालले डायरी दिएर स्वागत गरेका थिए।
विशेष अतिथि अनेरास्ववियूका महासचिव नरेश राेकायले शिक्षा ऐनमा दफाबार छलफल हुनुपर्नेमा नभएकाे बताउँदै शिक्षा ऐन परिवर्तनका लागि अनेरास्ववियुले संसाेधन प्रस्ताव दर्ता गरेको उल्लेख गर्दै भने- ‘शिक्षक एवम् प्राध्यापकलाई उचित पारिश्रमिक नभएकाले उत्कृष्ट जनशक्ति निर्माण हुन सकेको छैन।’
कार्यक्रम महेन्द्ररत्न क्याम्पसका स्ववियु अध्यक्ष ईश्वर थापाकाे अध्यक्षतामा भएकाे थियाे ।
थापाले विद्यार्थीकाे हकहितका लागि स्ववियू एवम् आफू निरन्तर लागिरहने बताए । कार्यक्रम बिहिबार बिहान सम्पन्न भएको हो ।
Previous Articleआदर्श बहुमुखी क्याम्पस नेपालटारमा स्वास्थ्य शिविर हुन गइरहेको छ
Next Article कृषिमा यान्त्रिकीकरण: बढ्दै व्यावसायिक खेती गर्ने

