काठमाडौं । गायक एवम् संगीतकार विक्रम राईको निधन भएको छ । चर्चित टिभी रियालिटी सो नेपाल आइडलबाट पहिचान बनाएका गायक राईको शुक्रबार राती निधन भएको हो ।
काठमाडौं मोडल अस्पतालका इमर्जेन्सी वार्डमा कार्यरत डाक्टर प्रयास गोर्खालीले अस्पताल ल्याईपुर्याउँदा न पुर्याउँदै गायक राईको मृत्यु भएको बताए । डा गोर्खालीले टपटेनखबरसित भने- ‘शनिबार बिहान ४:५५ मा अस्पताल ल्याई पुर्याउँदा गायक एवम् संगितकार विक्रम राईको मुटुको चाल बन्द भैसकेको थियो ।’
राईको शब पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

