नागार्जुन वाङ्मय प्रतिष्ठानद्वारा आयोजित सुप्रभात काव्य गोष्ठीमा उपन्यासकार केशव घिमिरेको उपन्यासको परिचर्चा सहित उपन्यासकार केशब घिमिरेलाइ सम्मान पनि गरिएको छ। समाजसेवी, साहित्यकार, एक कुशल प्रशासक तथा यस प्रतिष्ठानका अध्यक्ष दिल पौडेलले कार्यक्रमको अध्यक्षता ग्रहण गरेका थिए भने प्रमुख अतिथिमा प्राध्यापक डाक्टर रमेश प्रसाद भट्टराई उपस्थित थिए। उपन्यासको परिचर्चाकारका रूपमा डाक्टर भगवान चन्द्र ज्ञवाली र स्रष्टा विशेषमा प्राज्ञ चेतनाथ धमला र कृतिकारमा उपन्यासकार केशव घिमिरे रहेका थिए।
उपन्यासकार केशव घिमिरेकाे उपन्यास रुपिका माथि डाक्टर भगवान चन्द्र ज्ञवालीले परिचर्चा गरेका थिए । रुपिका उपन्यासमाथि परिचर्चा गर्दै समीक्षक ज्ञवालीले भने “रुपिका” उपन्यास प्रेम विषय आधारित उपन्यास हो। यसका भाषा प्रवाह मय रहेकोछ। कताकती दार्शनिकका कुरा पनि पाउन सकिन्छ। यो उपन्यासमा ब्याबहारवादी चिन्तन पनि व्यापक रुपमा पाउन सकिन्छ।
उपन्यास प्रेम बिषयमा आधारित भएपनी सामाजिक बिषय बस्तुलाइ पनि राम्रो सङ व्याख्या गरेको पाइन्छ।
एउटा ग्रामीण समुदायमा भएको ब्यतिथी, रुढीबादी, परम्परा र विसङ्गतिका विरुद्ध यसले औंला उठाएको छ। उपन्यासमा एउटा गाउँले जीवनमा आइपर्ने हरेक किसिमका बाधा अवरोधलाई राम्रोसँग केलाएको पाइन्छ । सबै शिक्षित हुँदाहुँदै पनि एउटा समाजको डरले मानिसले चाहेर पनि समाजलाई केही कुराहरु बुझाउन नसकेको र आफूले पनि चाहेर समाजको विरुद्ध आवाज उठाउन नसकेको कथनलाई स्पष्ट रुपमा प्रस्तुत गरिएको पाइन्छ। उपन्यासमा सिन्धुली जिल्लाको कमला खोजको वातावरण पाउन सकिन्छ । महाभारत पर्वत कमला नदी र चारकोसे झाडीको पनि राम्रोसँग बयान गरेको पाइन्छ। कमला खोजमा मनाइने चाडबाड, लगाइने बालीनाली र त्यहाँको समय अनुसारका जीवनशैलीलाई राम्रोसँग वर्णन गरिएको छ।
अब नेपाली समाज एउटा जातमा मात्रै नअडिएर जातभन्दा माथि रूढीवादी भन्दा पर र विभेदमुक्त समाज सहितको समाज परिकल्पना र प्रतिभा र क्षमता भएको मानिसको समाज निर्माण गर्नमा रूपीका उपन्यासले महत्वपूर्ण भूमिका खेलेको छ। रूपिकाले समाजका हरेक किसिमको व्यतिथि विरुद्ध आवाज उठाएको छ। उपन्यासमा काजीबाको मृत्युलाई लिएर थोरै आश्चर्य माने पनि उपन्यास भने आफ्नै गतिमा बगेको पाइन्छ।
उपन्यास संयोगान्त भएका कारणले पनि त्यति धेरै ठूलो द्वन्द भएको पाइँदैन। जो कोहीले सहजै पढ्न सक्ने र बुझ्न सक्ने यस उपन्यासले अहिलेको समाजमा जति नै पढे लेखेका मानिस भएपनि अझै पनि कुरिती र कुप्रथाले गर्दा मानिस अल्पज्ञानी जीवन बिताइरहेको पाइन्छ भन्ने कुरा उपन्यासले दर्शाउन खोजेको छ।
थोरै यहाँ बिहेको प्रसङ्गलाई लिएर केही राम्रो सन्देश दिन खोजेको छ। छोरी मान्छे पहिलेको जस्तो जो माग्न आए पनि बुबाआमाले टिका लगाएर पठाए झैँ अहिलेका छोरी चेलीहरु नजाने र गाई बाख्रा जिम्मा लगाएझै सहज रुपमा नअन्मिने र त्यस्ता कुराको प्रतिकार गर्दै आफ्नो रोजाइको हक पनि देखाउन खोजिएको छ। एउटा शिक्षित व्यक्ति जीवनको अन्तिम कालखण्डसम्म पनि विवेकहिन हुनुहुँदैन । शिक्षा जीवनका लागि अतिनै ठूलो कुरा हो। भनेर पनि देखाइएको छ कहीँ कतै शिक्षालाई पनि सर्वपरिमानी उपन्यासलाई अघि बढाएको पाइन्छ। उपन्यासको बीच भागतिर हामीले क्रान्तिका कुराहरू पनि पाउन सक्छौं यसले गर्दा पनि प्रष्ट हुन्छ कि रूपिका उपन्यास विशुद्ध प्रेममा मात्रै आधारित छैन। यसलाई हामीले खुलेरै भन्न सक्छौ एक सामाजिक उपन्यास पनि हो।’
हो यस्तै प्रतिक्रियाहरू राख्दै समीक्षक ज्ञवाली उपन्यासकार केशव घिमिरेका आउँदा दिनहरुमा राम्रो सम्भावना बोकेको लेखक देखेको भन्दै सुखद र सरल बन्दै जाउन र आउँदाकृतिहरू अझ सशक्त भएर आउन भन्दै शुभकामना दिँदै आफ्नो भनाइ टुङ्ग्याउनुभयो।
भने काभ्रेपलाञ्चोक, भक्तपुर, ललितपुर र काठमाडौँका अन्य अग्रज तथा वरिष्ठ साहित्यकारहरुकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भयो ।

