भोजपुरेका सहयात्री सङ्गीतकर्मी स्व.गणेश रसिकको १३औँ पुण्यतिथिको अवसर पारेर कोलोराडो राज्यको गोल्डन शहरमा कृतिको लोकार्पण गरिएको भोजपुरेले टपटेनखबरसित बताए । लेखक भोजपुरे, धर्मपत्नी उर्मिला श्रेष्ठ र साहित्यकार युयुत्सु आरडी शर्मालगायतले पुस्तक सार्वजनिक गरेका हुन् ।
‘आङ शेर्पा एण्ड ओसन अफ द हाइट्स’ नेपालीमा भाषामा लिखित भोजपुरेको ‘सगरमाथाभन्दा माथि’को अनुवाद हो। उपन्यासको अनुवाद भुवन थपलिया र सम्पादन अनुवादक शर्माले गरेका हुन्।
साउथ कोलमा भएको एक घटनापछि सर्वोच्च शिखर सगरमाथा चढ्न रोक लगाइएका शेर्पाको अष्ट्रेलिया निर्वासन र फरक पहिचानमा केही वर्षपछि नेपाल फर्किएर बिताएको जीवनगाथाबारेमा उपन्यासमा वर्णन गरेको भोजपुरेले बताएका छन् ।

