काठमाण्डौ । मंगलबार सुनको भाउ अप्रत्यासित रुपमा घटेको छ। मंगलबार सुनको भाउ तोलामा २ हजार ५०० रुपैयाँले घटेको हो।
मंगलबार चाँदीको भाउमा समेत सामान्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला १ लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदी तोलामा ५ रुपैयाँले घटेर २ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण हुन्छ । मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३९०.७ अमेरिकी डलर र चाँदी ३६.३९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

