बसन्ता ढकाल(खरेल)
जीवन आँसु र हासोको समीष्रण,
दुख–सुखको लयमा लेखिएको वन्दन।
बुझ्न कठिन छ यसको गहिराइ,
सपना र यथार्थको यो अनौठो संग्राइ।१।
संसार त एउटा रहस्यमयी खेल,
जहाँ सत्य र झूटको गुञ्जिन्छ मेल।
हाम्रो बुझाइ कहिलेकाहीँ भ्रमको बादल,
आफैभित्र हराइन्छ, आफैसँग गजल।२।
सत्यको बाटो कष्टकर हुन्छ,
झूटको आडमा सजिलै चलिन्छ।
पारिवारिक कलह, नबुझेका शब्द,
सुनुवाइ छैन, बस् मौनता अजब।३।
ज्ञानका आँखा अझै बन्द छन्,
स्वार्थ र मोहका पर्दाले ढाकिएका छन्।
कहिले खुल्ला त्यो दिव्य दृष्टि?
जहाँ सत्य, प्रेम र शान्ति हो दृष्टि।४।
संसारिक माया — मीठो तर मीठो बन्धन,
मुक्ति खोज्दा पनि टुक्रिन्छ मन।
कहिले होला त्यो दिन, जब मुक्त हुनेछ यो हृदय?
जब “म” र “मेरो” छुट्नेछ, अनि उठ्नेछ चेतनाको सूर्य।५।
जीवन त केवल बहिरङ्ग होइन,
भित्र लुकेको गहिरो संगीन सोध।
बाँच्नु भनेको खोज्नु हो,
र प्रत्येक आँसु–हासोमा स्वत्व भेट्नु हो।६।

