-जयराम बिडारी
‘स्वास्थ र सिर्जनाका लागि पदयात्रा’ भन्ने मूल नारा अङ्गिकार गरेको स्रष्टा पदयात्रा नेपालले २०७३ साल देखि नियमित रुपमा हरेक महिनाको पहिलो शनिवार गर्दै आएको पदयात्राको ९५औं श्रृङ्खला चन्द्रागिरी क्षेत्रमा सम्पन्न गरेको छ ।
प्रकृतिसँग सन्निकट भई भाषा,कला,साहित्य र संस्कृतिका क्षेत्रमा भरपुर प्रयोग गर्ने उद्देश्यका साथ लेखक साहित्यकार कवि तथा पत्रकारहरुको समूहिक टोलीले चन्द्रागिरि क्षेत्रको पदयात्रा भ्रमण गरि विविध साहित्यिक गोष्ठी र अन्तर्कृया गरि सम्पन्न गरेको छ । पदयात्रा प्राचिन नेवारी वस्ती गुर्जुधारा किसीपिडी,लिच्छविकालिन मन्दिर चन्दनभराटेस्वर महादेव मन्दिर , प्रसिद्ध मातातिर्थ कुण्ड,मच्छेगाउँ स्थित नारायणजन मा.वि.,मच्छेनारायण मन्दिर हुँदै ढुङ्गाअड्डा स्थित मुनाल क्लब सम्मको पदयात्रा गर्दै प्रत्येक स्थानमा रचना वाचन गरि असार महिनाको पदयात्रा समापन गरिएको थियो । 
उक्त पदयात्रामा सामेल हुन उपत्यकाका विभिन्न स्थानबाट ५५ जना जना लेखक, साहित्यकार,तथा पत्रकारहरुको टोली गुर्जुधारामा भेला भई सांस्कृतिक एवं ऐतिहासिक नगरी किसिपिडी , तर्फ अघि बढेको थियो ।
किसिपिडी क्षेत्रमा चन्द्रागिरि नगरपालिका ५ का वडाध्यक्ष राजेन्द्र महर्जनको अगुवाईमा स्थानीय बासिन्दाद्वारा नेवारी परम्परा अनुसार तारेको माछा र उसिनेको अण्डा सगुन दिएर न्यानो स्वागतगर्दै टिका र फूलप्रसादी दिएर न्यानो स्वागत गरिएको थियो । उक्त अवसरमा स्रष्टा पदयात्रा नेपालका महासचिव गङ्गाप्रसाद भेटवालले पदयात्राको औचित्य र निरन्तरताका श्रृङखलाका बारेमा प्रकाश पारेका थिए । सो अवसरमा पदयात्रा नेपालका तर्फबाट सम्मानित गरिएका स्थानीय समाजसेवी विक्रम पाण्डे का बारेमा पूर्व मेजर पुण्यबहादुर खड्काद्वारा प्रकाश पारेका थिए । सो अवसरमा पदयात्रा नेपालका उपाध्यक्ष विमल अर्याल तथा संयोजक बिडारीले समाजसेवी पाण्डेलाई प्रशंसाापत्रप्रदान गरेका थिए। सो समारोहमा सम्मानित व्यक्तित्व पाण्डेले संक्षिप्त धारणा राख्दै समाजसेवाको क्षेत्रमा आफ्नो जिम्मेवारी र दायित्व बढेर गएको अनुभूत भएको बताए । वडा अध्यक्ष राजेन्द्र महर्जन तथा पूर्व वडाध्यक्ष कान्छाभाइ महर्जनद्वारा चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ किसिपिडिका बारेमा बोल्दै विकास निर्माणका विषयमा चर्चा गरेका थिए भने स्रष्टाहरूलाई आफ्नो वडामा स्वागत गर्न पाएकोमा हर्ष प्रकट गरेका थिए।
पहिलो चरणको रचनाबाचन किसिपिडीमा अनिता कोइराला र रुबि सत्यालले गरेका थिए । पहिलो रचनावाचनको पश्चात पदयात्री टोलीले स्थानीय जनकल्याण पुस्तकालयलाई पुस्तकहरु प्रदान गरेको थियो ।किसिपिडीमा पहिलो चरणको कार्यक्रम पश्चात पदयात्रा टोलीले चेकपोष्ट हुँदै चन्दन भराटेश्वर महादेव मन्दिर पुगि मन्दिरको ऐतिहासिक महत्वका बारेमा जानकारी लिइएको थियो । सो समारोहमा डा.वालचन्द्र मिश्रको संयोजकत्वमा रचना वाचन सम्पन्न गरियो । उक्त अवसरमा नेपाली भाषा बचाउ अभियानका संयोजक गाउँले बलदेव अधिकारी, रमा सुवेदीद्वारा रचना वाचन गरिएको सो समारोहमा रबिन्द्र रिजालले मन्दिरको ऐतिहासिक महत्वका बारेमा जानकारी गराएका थिए।
तेश्रो चरणको कार्यक्रमका क्रममा पदयात्रा टोली गुमाल गाउँ स्थित जेष्ठ नागरिक सेवा केन्द्र पुगि पदयात्री विजया बस्नेतको सौजन्यमा तैयार पारिएको भोजन गरी टोललीले सोही स्थानमा अर्को चरणको रचना वाचन गरेका थिए ।सो अवसरमा सेवा केन्द्रका सल्लाहकार गोपालकृष्ण पौडेलले संस्थाका बारेमा जानकारी गराएका थिए । भने पदयात्री राधिका पन्त , पार्वती शर्मा, मुना श्रेष्ठ ,बामदेव पौडेल लगायतले रचना वाचन गरेका थिए ।उक्त अवसरमा गोपालकृष्ण पौडेलद्वारा पदयात्री टोललीलाई स्वागत गरिएको थियो । सो अवसरमा विजया बस्नेत ,तारा केसी ,राधिका पन्थी, सङ्गीता खरेल,राधिका कल्पितले रचना वाचन गरेका थिए । सो अवसरमा पदयात्रा टोलीका उपाध्यक्ष विमल अर्यालद्वारा सपनाको पहाड, कञ्चन उत्सव,धरणी पत्रिका भाव लहर कविता सङ्ग्रह पर्दाभित्र उपन्यास आवरण कविता सङ्ग्रह, तथा चौकोटदेवी यात्रा संस्मरण लगायतका पुस्तकहरु केन्द्रलाई प्रदान गरिएको थियो ।
जेष्ठ नागरिक सेवा केन्द्रको कार्यक्रम समापन पश्चात पदयात्रा टोली आमाको नाममा प्रचलित तीर्थस्थलको धार्मिक र ऐतिहासिक महत्व बोकेको मातातीर्थ पुगी कुण्डको दर्शन गरी साहित्यिक गतिविधिमा संलग्न भएको थियो । सो स्थानमा पदयात्रा टोलीलाई स्वागत गर्न तथा साहित्यिक गतिविधिमा संलग्न हुनका लागि मच्छेगाउँस्थित नारायण जन मावि मा अध्ययनरत विद्यार्थीहरु भेला भएका थिए । ध्रुवराज थापाको संयोजकत्वमा सञ्चालन गरिएकोा उक्त कार्यक्रममा विष्णुप्रसाद रुपाखेती समेतको साथ रहेको थियो । उक्त अवसरमा स्थान विशेषको महत्व दर्शाउने सम्मृद्धी थापा मगरको आमा शीर्षकीय कविता, देश बनाउने सोचका साथ मनिषा मगर अनि खीमा भट्टराईले विचरी चरी शीर्षकीय कविता सुनाएका थिए । सो अवसरमा सरस्वती सरस,नानीबाबा अधिकारी, चेतना शर्मा, तीलक गाउँलेद्वारा रचना वाचन गरेका थिए । यसैगरी रविन्द्र रिजालद्वार् विभिन्न धार्मिक ग्रन्थमा रहेका मातातिर्थको धार्मिक महत्वको प्रसंगको उल्लेख गर्दै यहाँको महत्व संक्षिप्तमा दर्शाएका थिए ।
पश्चात २००८ सालमा स्थापना भएर संचालनमा रहेको नारायण जन माविमा कार्यक्रमको आयोजना गरिएको थियो भने पदयात्रा टोलीलाई स्काउट ट्रुप द्वारा सम्मान र स्वागत गरिएको थियो । सोही विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद रुपाखेतीद्वारा कार्यक्रमको सञ्चालन गरिएको उक्त कार्यक्रममा विद्यार्थी भाई बहिनीहरु विवेक बुढाथोकीले मेरो देश नेपाल ,प्रशान्त पाण्डेले गीत रमित कोइरालाले देउडा, रश्मिता तामाङले कथा सुनाएका थिए ।सो अवसरमा विद्यालयका प्रधानाध्यापक रुपाखेतीले आकर्षक पारामा गीत सुनाएर मन्त्रमुग्ध बनाएकाी थिए । यसैगरी स्वेता रुपाखेती, अनुप रिजाल तथा दमन्ता मैनालीले कविता सुनाएका थिए ।

