रुपा पौडेल शाम्भवी
जब उसको नियतमा खोट आयो
उसमा ईश्वर हराउँदै गएको देखे
आँखा अझै चम्किए पनि
मनको उज्यालो धमिलिँदै गएको देखे
शब्द थिए मिठा, भाव सुक्खा
सत्यको बाटो उसले छोड्दै गयो
हेराइ त उही जस्तै थियो
तर नजरभित्रको गहिराइ हराउँदै गयो
सङ्गतको स्वाद फेरिएको थियो
अनि मूक प्रार्थनामा मौनता छाइरहे
जब उसको नियतमा खोट आयो
उसमा ईश्वर हराउँदै गएको देखे ।
———–🌼🌸🌺——

