काठमाण्डौ । उदयपुरको चौदण्डीगढी नगरपालिका- ४ स्थित अमलचौरीमा दुईजना मृत फेला परेका छन् । अमलचौरीका स्थायी बासिन्दा २७ वर्षीय रवीन्द्र राई र १४ वर्षीया मञ्जु राई मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मञ्जुको शव गाउँकै बाटोमा र रविन्द्रको शव मञ्जुको शव भेटिएको ठाउँबाट करिब २०० मिटरको दूरीमा रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो।
उनीहरुको मृत्युको कारण खुलिनसकेको प्रहरीले जनाएको छ। शवको पोस्टमार्टमपछी मृत्युको कारण खुल्न सक्ने र आवश्यक अनुसन्धान गरिने उदयपुर प्रहरीले जनाएको छ ।

