काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूल्य ह्वात्तै बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ हजार ४ सय रुपैयाँले बढेर १ लाख ९६ हजार ५ सयमा कारोबार भइरहेको छ ।
शुक्रबार सुन तोलाको १ लाख ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी आज तोलामा १५ रुपैयाँले बढेर २ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य प्रती तोलाको २ हजार २ सय ३५ मात्र थियो ।

