काठमाडौं — अस्ट्रेलियालाई पाँच विकेटले हराउँदै भारत महिला क्रिकेट टोली एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।
अस्ट्रेलियाले दिएको ३३९ रनको लक्ष्य भारतले ४८.० ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्यो।
पहिले ब्याटिङ गरेको अस्ट्रेलिया टोलीले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै ३३८ रन बनाएको थियो।
भारतलाई जित दिलाउने क्रममा जेमिमा रोड्रिग्सले अविजित १२७ रनको उत्कृष्ट खेल खेलिन्। उनको योगदानका लागि उनलाई ‘प्लेयर अफ द म्याच’ घोषित गरियो।
त्यसैगरी, कप्तान हरमित कौरले ८९ रन जोडेकी थिइन्।
उपाधिका लागि भारतले आइतबार दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ।

