काठमाडौं — नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला रु २ हजार ७ सयले वृद्धि भई सुनको मूल्य रु २ लाख ३९ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार अघिल्लो दिन सुनको मूल्य प्रतितोला रु २ लाख ३६ हजार ३ सय थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला रु ८० ले बढेको छ। अघिल्लो दिन रु २ हजार ९८० मा कारोबार भएको चाँदी आज बढेर रु ३ हजार ६० रुपैयाँ पुगेको छ।

