काठमाडौँ । टी–२० विश्वकप छनोट र वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक सिरिज सम्पन्न गरेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ।
ओमानबाट फर्किएको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले स्वागत गरेका छन् ।
नेपालले यूएईमा वेस्ट इन्डिजविरुद्धको एकदिवसीय (ओडीआई) सिरिज जित्दै ऐतिहासिक उपलब्धि हासिल गरेको थियो। त्यस्तै, ओमानमा सम्पन्न टी–२० विश्वकप छनोट प्रतियोगितामा उपाधि जित्दै विश्वकपमा नेपालको स्थान सुरक्षित गरेको थियो।
यूएईमा सम्पन्न आईसीसी विश्वकप लिग–२ का खेलहरूमा भने नेपालले अपेक्षा अनुरुप प्रदर्शन गर्न चुकेको थियो।

