काठमाडौँ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १२० दलले निर्वाचन आयोगमा दल दर्ता गरेका छन् । मङ्सिर १ देखि १० गतेसम्म निवेदनको समय दिइएकामा पछि चार दिन थप गरी हिजो आइतबारसम्म अन्तिम समय तोकिएको थियो ।
आइतबार एकल निर्वाचन चिह्नको प्रयोग गर्नेसमेत गरी १२० राजनीतिक दलले निवेदन दिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन्।
प्राप्त निवेदनलाई जाँचबुझ गरी यही मङ्सिर २० गते आयोगबाट अन्तिम स्वीकृति दिइने आयोगको कार्यतालिका रहेको छ ।

