धनुषा — सात वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका ६७ वर्षीय रामभगत साह पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार बालिकालाई एक्लै भएको मौका छोपी कर्तव्य दुरुपयोग गर्दै साहले बलात्कार गरेको आरोप छ ।
घटनापछि भाग्न खोजिरहेका साहलाई स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए।
पीडित बालिकाको प्रादेशिक अस्पताल जनकपुरधाममा स्वास्थ्य परीक्षण गरिएको प्रहरी निरीक्षक तथा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख राजाराम यादवले जानकारी दिए।
आरोपीलाई हिरासतमा राखी घटनाबारे थप अनुसन्धान अघि बढाइएको धनुषा जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

