काठमाडौँ । बुधबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस रहेको छ । बिहान ५:४५ बजे मापन गर्दा ३.५ डिग्री सेल्सियस मापन गरिएको हो। मंगलबार सोही समयमा काठमाडौँको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस थियो।
हिजो बिहान ८:४५ बजे पुनः मापन गर्दा काठमाडौँको न्यूनतम तापक्रम घटेर ३ डिग्री सेल्सियस थियो। आजको आधिकारिक न्यूनतम तापक्रम पनि ८:४५ बजे पुनः मापन गरिने जनाईएको छ। यो समय तापक्रम अझ घट्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसम महाशाखाका अनुसार काठमाडौँसहित देशका विभिन्न स्थानमा हरेक दिन न्यूनतम र अधिकतम तापक्रम नियमित रूपमा मापन गरिन्छ। न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।

