काठमाडौँ । देशभर हाल पश्चिमी वायुको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
तराईका धेरै स्थानहरूमा भने हुस्सु लागेको छ। दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रहरूमा मौसम प्रायः सफा रहनेछ।
यस्तै, रातिको समयमा पनि तराईका धेरै स्थानहरूमा हुस्सु लागिरहने सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाको भनाइ छ।
Previous Articleनेपाली कम्युनिस्ट पार्टीद्वारा केन्द्रीय समिति विस्तार, २४९९ सदस्यले २९ गते शपथ लिने
Next Article काठमाडौँको न्यूनतम तापक्रम ३.५, अझ घट्ने सम्भावना

