काठमाडौँ । काठमाडौँ उपत्यकामा शनिबारको तुलनामा आइतबार चिसो केही कम भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको छ।
यसअघि शनिबार उपत्यकाको तापक्रम यस वर्षकै न्यूनतम २.४ डिग्री सेल्सियसमा झरेको थियो। महाशाखाले आइतबार दिउँसो उपत्यकाको तापक्रम १५ देखि १७ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरेको छ।
Previous Articleआजदेखि भृकुटिमण्डपमा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन
Next Article सामाजिक सञ्जालमा पनि निर्वाचन आचारसंहिता

