काठमाडौँ — नेकपा एमालेले प्रतिनिधि सभाको समानुपातिकतर्फका १६ सांसदको नाम टुंगो लगाएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा शनिबार दिउँसो बसेको सचिवालय बैठकले यी १६ जनाको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको हो।
समानुपातिकतर्फ टुंगो लागेको सांसदको विवरण तपशिल छ:
जनजाति (४ जना)
महिला: भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ
पुरुष: रामबहादुर थापा मगर, कुलभक्त शाक्य
खस आर्य (५ जना)
पद्मा अर्याल, टुकाभद्रा हमालय, शोदा कुमारी बराल (पिछडिएको क्षेत्र)
पुरुष: गुरु प्रसाद बराल, पुष्पराज कंडेल
थारु
पुरुष: कृपाराम राना
दलित (२ जना)
महिला: विष्णुमाया विके, नीता घतानी
मधेशी (३ जना)
महिला: रिङ्ला यादव, यशोधा कुमारी यादव
पुरुष: चन्द्रेश्वर मण्डल
मुस्लिमतर्फ
महिला: साजिदा सिद्दीकी
यस निर्णयसँगै एमालेले आफ्नो समानुपातिक सांसदको प्रतिनिधित्व सुनिश्चित गरेको छ।

