– नन्दलाल खरेल
शितल लोकमा दुई बाघहरु
सेतो हात्तीलाई भेट्न
आफ्ना बथानहरु सहित
घम्साघम्सी गर्दै प्रवेश गर्छन
तर ढसमस्स त्यो हात्ती
वालुवाटार लोकबाटआएको
त्यो बाघलाई मासुका अनेक परिकार
लाड प्यार सहित खुवाछिन्
तर बुढानिलकण्ठ लोकबाट
आएको बाघलाई तरवार देखाउछिन्
यहाँ यस्तै यस्तै भइरहेको छ
शितत लोकबाट बथान सहित
फर्केको बाघ बालुवाटार लोकमा आई
ठूलो भोज भतेर गर्छन्
अनि एउटा कालो अस्त्र मध्यरातमा
नेपाल आमाको छातीमा बर्जारछन्
त्यो अस्त्रको छर्राहरुले
नेपाल आमाका सपुतहरुलाई
असहनीय वेदनामा पार्छन
यहाँ यस्तै यस्तै भइरहेको छ
सेतो हात्तिबाट तिरस्कृत भएको बाघ
आफ्ना बथानहरुलाई पुनः भेलागरी
बालुवाटार लोकको बाघमाथि जाइलाग्छन्
यहाँ घम्साघम्सी भइरहेको छ
यहाँ यस्तै यस्तै भइरहेको छ
मंगलग्रहबाट अन्तरिक्षयानहरु फर्किरहदा
पृथ्वीलोक सुक्ष्म भाइरस सँग घम्साघम्सी भइरहदा
रोग,भोक र शोकसँग लडिरहदा
मृतकआत्माहरुको चित्कार गुन्जिरहदा
यहाँ दुईवटा बाघहरु
केवल सत्ताको लागि लडिरहेको छ
यहाँ यस्तै यस्तै भइरहेको छ

