काठमाडौँ । असोज १९— उपत्यकाको अवस्था सामान्य भए पनि बाहिरी सडकहरू अवरुद्ध भइरहेकाले काठमाडौँबाट लामो दूरीका गाडीहरू आज बिहानसम्म पनि चल्न पाएनन्।
अति आवश्यक सेवा बाहेक अन्य कुनै पनि सवारी साधनलाई उपत्यका बाहिर जान अनुमति दिइएको छैन। यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै बस टिकट बुकिङमा समेत रोक लगाइएको छ।
यात्राको तयारी गरेका यात्रुहरूलाई टिकटको पैसा फिर्ता गरिएको छ।
प्रशासनका अनुसार, बाहिरी राजमार्गहरू खुल्ने बित्तिकै गाडी सञ्चालनबारे निर्णय हुनेछ।