काठमाडौँ । आईसीसी टी–२० विश्वकप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज कतारसँग अभ्यास खेल खेल्दैछ।
विश्वकप छनोटलाई लक्षित गरी नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको तयारी श्रृंखलाअन्तर्गत नेपालले दोस्रो अभ्यास खेलमा कतारसँग प्रतिस्पर्धा गर्न लागेको हो। खेल सोमबार दिउँसो ४:१५ बजे सुरु हुनेछ।
यसअघि शनिबार सम्पन्न पहिलो वार्मअप खेलमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो। सो खेलमा ओमानले प्रस्तुत गरेको १११ रनको लक्ष्य नेपालले १७ ओभरमै चार विकेटको क्षतिमा पूरा गरेको थियो।
नेपालले यी अभ्यास खेलमार्फत टोली संयोजन, बलिङ–ब्याटिङ सन्तुलन र नयाँ खेल रणनीतिलाई परीक्षण गर्ने तयारी गरेको छ।