काठमाडौं । भारतले जारी महिला एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा स्थान बनाएको छ।
गएराति मुम्बईमा भएको खेलमा भारतले न्युजिल्यान्डलाई ५३ रनले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो।
पहिले ब्याटिङ गर्दै भारतले ४९ ओभरमा तीन विकेट गुमाएर ३४० रनको विशाल योगफल तयार गरेको थियो। खेल सुरुमा वर्षाका कारण ४९ ओभरमा घटाइएको थियो, तर पुनः वर्षा भएपछि दुवै पारी ४४ ओभरमा सीमित गरिएको थियो।
लक्ष्य पछ्याउँदै न्युजिल्यान्डले ४४ ओभरमा आठ विकेट गुमाउँदै २७१ रन मात्र बनाउन सफल भयो।
यो जितसँगै भारत अष्ट्रेलिया, इङ्ग्ल्यान्ड र दक्षिण अफ्रिकापछि सेमिफाइनलमा पुग्ने चौथो टोली बनेको छ।
यसैसँग न्युजिल्यान्डसहित श्रीलंका, बंगलादेश र पाकिस्तान विश्वकपको सेमिफाइनल दौडबाट बाहिरिएका छन्।

