काठमाण्डौ । कांग्रेस नेता रामहरि खतिवडालाई पितृशोक परेको छ ।खतिवडाका पिता जीवनाथ खतिवडाको ७८ वर्षको उमेरमा निधन भएको हो।
पारिवारिक स्रोतका अनुसार डिल्लिबजारस्थित निवासमा गएराति उनको निधन भएको हो। खतिवडाका बुवा जीवनाथ लामो समयदेखि क्यान्सर तथा दमको बिरामी थिए।
नेता रामहरी खतिवडाले सोमबार (आज) बिहान पशुपति आर्यघाटमा पार्थिव शरिरको अन्तिम संस्कार गरिनेछ।

