काठमाडौं । प्रशिक्षक पेप ग्वार्डिओलाको १०००औँ खेलमा म्यानचेस्टर सिटीले लिभरपुललाई ३–० ले पराजित गरेको छ। यो जितसँगै सिटी फेरि इंग्लिस प्रिमियर लिगको उपाधि होडमा फर्किएको छ।
इतिहाद स्टेडियममा भएको खेलमा सिटीका लागि एर्लिङ हालान्ड, निको गोन्जालेज र जेरेमी डोकुले गोल गरे। जितसँगै सिटीले ११ खेलबाट २२ अंक जोडेको छ, जसले शीर्षस्थानमा रहेको आर्सनलसँगको दूरी चार अंकमा झारिएको छ।
गएराति भएका अन्य खेलमा एस्टन भिल्लाले बर्नमाउथलाई ४–०, ब्रेन्टफोर्डले न्युकासल युनाइटेडलाई ३–१ र नटिङघम फरेस्टले लिड्स युनाइटेडलाई ३–१ ले हराए।
क्रिस्टल प्यालेस र ब्राइटनबीचको खेल भने गोलरहित बराबरीमा टुंगिएको थियो।

