काठमाडौं — हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार सोमबार दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहनेछ।
आज राति देशभरको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
महाशाखाले हाल कुनै नयाँ वर्षा प्रणाली नदेखिएको र आगामी केही दिनसम्म पनि मौसम स्थिर रहने अनुमान गरेको छ।

