काठमाडौं — पूर्व सांसद रेशमलाल चौधरी संरक्षक रहेको नयाँ राजनीतिक दल ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ निर्वाचन आयोगमा दर्ता भएको छ।
आयोगमा दर्ता भएको उक्त दलको अध्यक्षमा २७ वर्षीय कवीर सोप चयन भएका छन्। चौधरी र सोपसहितको टोली बुधबार आयोग पुगेर दल दर्ताको प्रमाणपत्र बुझेको हो।
रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबाट असन्तुष्ट हुँदै चौधरी समूहले नयाँ दल दर्ताका लागि निवेदन दिएको थियो।
नयाँ पार्टीले आफूलाई नागरिक अधिकार र सामाजिक न्यायका मुद्दामा केन्द्रित राजनीतिक शक्तिका रूपमा प्रस्तुत गर्ने जनाएको छ।

