काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो दाबी औपचारिक रूपमा सार्वजनिक गरेका हुन्।
‘साथीहरूको जिज्ञासा, मेरो धारणा’ शीर्षकको स्टाटसमार्फत भण्डारीले भनेका छन्, “कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारण भइसकेको छ। तर देश, जनता र प्रजातन्त्रको हित जहाँ उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म—जसरी आवश्यक पर्छ, त्यस्तै रूपले अघि बढ्न तयार छु।”
भण्डारीले पार्टीभित्र उठेका सुझाव र समय–परिस्थितिको मागलाई सम्मान गर्दै आफ्नो कदम अघि बढ्ने उल्लेख गरेका छन्।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन पुस २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ।

