काठमाडौँ । बहुविवाहको आरोपमा प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपाल प्रहरी हिरासतमा पुगेका छन्। पूर्वी नवलपरासीमा कार्यरत डिएसपी नेपाललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले बुधबार नियन्त्रणमा लिएको हो।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेन्द्र भट्टका अनुसार नेपालकी पत्नीले मधुले बहुविवाह गरेको भन्दै दिएको जाहेरीपछि उनलाई पक्राउ गरिएको हो।
नेपाल प्रहरीले प्रहरीमै कार्यरत एक अफिसर नेपाललाई थुनामा राखेर विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ।

