काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका विवाद लम्बिदै गएको छ । थप छलफलका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार पनि बस्ने भएको छ।
बैठक पार्टी केन्द्रीय कार्यालय, सानेपामा बिहान ११ बजे बोलाइएको छ।
तीन दिनदेखि जारी बैठकमा आगामी पुस २६ गते उद्घाटन गर्ने भनिएको १५औँ महाधिवेशनको कार्यतालिकामा संशोधन गर्नेबारे छलफल भइरहेको छ।
बैठकमा एक पक्ष तोकिएको मितिमा महाधिवेशन गर्नुपर्ने अडानमा रहेको छ भने संस्थापन पक्ष क्रियाशील सदस्यताको विषय देखाएर मिति सार्नुपर्ने प्रस्ताव राख्दै आएको छ।

