काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधान संशोधन, निर्वाचन क्षेत्र पुर्ननिर्धारण, जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीसमेत समेटिएका २८ बुँदे माग र राष्ट्रिय मुद्दा उठाउँदै प्रदेशस्तरीय विरोध सभा आयोजना गर्न लागेको छ।
पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार विरोध सभाको शृंखला आज विराटनगरबाट सुरु हुँदैछ।
पर्सि पुस १४ गते मधेश प्रदेशको जनकपुर, १५ गते वीरगञ्ज र १७ गते लुम्बिनी प्रदेशको भैरहवामा विरोध सभा आयोजना गरिएको छ। पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित शीर्ष नेताहरूले सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यसबीच, सातै प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम र पार्टीका प्रदेश समितिहरूको अधिवेशन सम्पन्न भएको बस्नेतले जानकारी दिए।

