काठमाडौं। विगत केही दिनदेखि निरन्तर नयाँ मूल्य रेकर्ड बनाउँदै आएको सुनचाँदीको भाउ बुधबार पनि फेरि बढेको छ। सुन र चाँदी दुवैको मूल्यले अघिल्लो दिनको रेकर्ड तोडेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला १ हजार ५ सय रुपैयाँले बढ्दै २ लाख ७८ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी चाँदीको मूल्य पनि उच्च दरले बढेको छ। एकैदिन चाँदीको भाउ प्रतितोला ३१५ रुपैयाँले बढेर ५ हजार ६५५ रुपैयाँ पुगेको छ।
अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो।

