काठमाडौं – बैंकिङ क्षेत्रमा करिब तीन दशकको अनुभव बोकेकी अनुपा प्रधान राजभण्डारी एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक पदमा नियुक्त भएकी छन्।
नवनियुक्त सञ्चालक राजभण्डारीले बैंक सञ्चालक समितिका अध्यक्ष अशोक कुमार अग्रवालबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेकी हुन्।
बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातकोत्तर गरेकी राजभण्डारीले बैंक अफ काठमाडौंमा लामो समय सेवा दिँदै विभिन्न विभागको नेतृत्व सम्हालेकी छन्।
बैंकिङ व्यवस्थापन, रणनीति तथा संस्थागत विकासमा उनको उल्लेखनीय योगदान रहेको छ ।
बैंक सञ्चालक पदमा उनको नियुक्तिलाई संस्थागत सुदृढीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ। यस अवसरमा एनआईसी एशिया बैंकले राजभण्डारीको सफल कार्यकालको कामना गर्दै नवनियुक्त सञ्चालक राजभण्डारीलाई सम्पूर्ण बैंक परिवारको तर्फबाट हार्दिक स्वागत तथा बधाई ज्ञापन गरेको छ।

