काठमाडौं । सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा जिल्ला अदालत पर्साले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग एक करोड रुपैयाँ धरौटी माग गरेको छ।
वीरगञ्जस्थित सानो पाइला बचत तथा ऋण सहकारीको रकम अपचलन प्रकरणमा मंगलबार जिल्ला न्यायाधीश रूद्रप्रसाद सुवेदीको इजलासले लामिछानेसँग उक्त रकम धरौटी माग गर्ने आदेश दिएको हो।
उक्त सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा लामिछानेसहित २९ जनाविरुद्ध सहकारी ठगी तथा संगठित अपराध अन्तर्गत मुद्दा दायर भई अदालतमा विचाराधीन रहेको छ। उमेदवारी दर्ताकै दिन माग ६ गते लामिछानेसित १ करोड धरौटी माग गरिएको हो ।
पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रास्वपाका सभापति लामिछानेले चितवन-२ मा आफ्नो उमेदवारी वारेसनामामार्फत दर्ता गराएका छन् ।

