काठमाडौँ । निर्वाचन व्यवस्थापनका लागि भारत सरकारले नेपाललाई मंगलबार ६१ वटा सवारी साधन हस्तान्तरण गरेको छ।
गृह मन्त्रालयमा अपराह्न आयोजित एक समारोहबीच भारतीय राजदूतावासले गृह मन्त्रालयलाई ६१ गाडी उपहारस्वरूप हस्तान्तरण गरेको हो।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले भने, ‘पहिलो चरणमा ६१ वटा गाडी प्राप्त भएको र बाँकी गाडीहरू क्रमशः आउने छन्। भारत सरकारले निर्वाचन प्रयोजनका लागि कुल ३८८ वटा गाडी उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।’
गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनअघि नै भारतले ३८८ वटा गाडी उपलब्ध गराउने जनाएकोमा त्यसअनुसार मंगलबार पहिलो चरणमा ६१ वटा गाडी प्राप्त भएको जानकारी दिए। उनले यो सहयोगका लागि भारत सरकारलाई धन्यवाद दिँदै प्राप्त सवारी साधनले निर्वाचनलाई शान्तिपूर्ण र प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने बताए।

