काठमाण्डौ । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक आव्हान गरेको छ । शुक्रबार दिउँसो १ बजे बैठक डाकिएको हो ।
विशेष महाधिवेसन पछि निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि सर्वोच्चसम्म पुगेको संस्थापन पक्ष (देउवा पक्ष) सर्वोच्चले समेत अन्तरिम आदेश दिन इन्कार गरेपछी जबर्जस्ती निर्वाचनमा होमिएका बेला बैठक डाकिएको हो ।
१६५ सिटका लागि हुने प्रत्यक्ष निर्वाचनमा आफ्ना १६५ नै उमेदवार उभ्याएको नेपाली कांग्रेसले निर्वाचनको रणनीति तयार गर्न बैठक डाकेको एक नव निर्वाचित कार्यसमितिका सहमहामन्त्रीले बताए । राजधानीको भृकुटीमण्डपमा पुस अन्तिमसाता चलेको विशेष महाधिवेसनमार्फत नै निर्वाचनमा कुनै दलसित गठबन्धन गरेर नजाने रणनीति तयार गरेको नेपाली कांग्रेसले थप रणनीति तथा कार्यनीति तय गर्न बैठक बोलाएको हो ।
सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उमेदवार एवम् पार्टी सभापति गगन थापालाई आगामी प्रधानमन्त्रीको उमेदवार घोषणा गरेर जाने नेपाली कांग्रेसको योजना छ ।
यस अघि रास्वपा, नेकपा (एमाले)ले क्रमश: बालेन्द्र शाह (बालेन) र खड्गप्रसाद ओली (केपी ओली)लाई आगामी प्रधानमन्त्रीको उमेदवारको रुपमा अघि सार्दै निर्वाचनमा होमिएको छ ।
सचिव प्रकाश शर्माको नाममा जारी सूचनामा बैठकमा केन्द्रीय समितिका पदाधिकारी, सदस्य एवम् प्रदेश सभापतिहरूलाई उपस्थितिको लागि आव्हान गरिएको छ । 

